Scroling


सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु।

menubar

Thursday, December 3, 2015

प्राविधिक शिक्षाको अवस्था र चुनौती

 
युवराज आचार्य
तुलनात्मक रूपमा समाज र देशका निम्ति बढी व्यावहारिक र प्रगतिशील शिक्षा प्रवाधिक शिक्षा नै हो, जो प्रत्यक्ष रूपमा जनताको  जीविकोपार्जनको दैनिकी र त्यससँग सम्बन्धित  व्यवहारमा  आधारित  हुन्छ । भौतिक विज्ञानको ज्ञान आर्जन गरी जनमानसको जीविका  सजिलो सरल र सुसम्पन्न गराउने शिक्षा इन्जिनियरिङ शिक्षा हो, जसमा भौतिक विज्ञानलाई व्यावहारिक बनाइन्छ र अधिकतम उपयोगमा  जोड दिइन्छ । समाज सम्पन्न त्यतिखेर हुन्छ, जति बेला देश भौतिक संरचना निर्माणमा बढीभन्दा बढी तल्लीन हुन्छ । इन्जिनियरिङ  शिक्षाको राम्रो विकास भएका देशहरू आज अपत्यारिलो तरिकाले द्रुत गतिमा आर्थिक र प्राविधिक हिसाबले अगाडि छन् । नेपाल जस्तो अविकसित देशमा त यस शिक्षाको झनै बढी महŒव छ । सडक निर्माण, जलविद्युत, खानेपानी, सञ्चार र सुविधासम्पन्न भौतिक संरचना निर्माणमा इन्जिनियरिङले मुख्य भूमिका खेल्ने गरेको  छ । हाम्रो देश नेपालमा इन्जिनियरिङको प्रशस्त सम्भावना भएको हुँदा सरकारी निकायको चासो र चिन्ता भएमा विकास गर्न र व्यवस्थित गर्न खासै कठिन छैन ।
आजको युग विज्ञान र प्रविधिको युग हो । विज्ञानको उपयोगबाट संसारमा धेरै व्यावहारिक कठिनाइँहरू सरलतामा बदलिइरहेका छन् । अत्यन्तै कडा प्रतिस्पर्धामा विश्वभर आएको उत्पादनमुलक विज्ञान  भौतिक विज्ञान नै हो, जुन व्यावहारिक छ । भौतिक विज्ञानको उपयोग इन्जिनियरिङ र यसको उपयोग गर्ने मानिस इन्जिनियर हुन् । नेपालमा   इन्जिनियरिङ क्षेत्रमा ठूलो सम्भावना छ । जलविद्युत, सडक, भौतिक संरचना निर्माण आदि क्षेत्रहरूमा अत्यन्तै कछुवा गतिमा विकास भैरहेको छ । धेरै साल अगाडि गरेको एक सर्वेक्षण अनुसार नेपालमा  जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट थियो । यदि नेपाल जलविद्युत उत्पादनका लागि योजनावद्ध रूपमा लाग्ने हो भने आगामी १० वर्षभित्रमा अहिलेको माग अनुसारको विद्युत उत्पादन गरी निर्यात  गर्न सकिन्छ, जसबाट देशको आर्थिक बृदि दर बढ्ने छ । तर नेपालका सत्तासिन नेताहरूबाट यस सम्बन्धमा भाषण मात्र दिने काम भएको छ । उल्टै जनताले दिनको १२ घण्टादेखि १८ घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको छ । भारतबाट ठूलो परिमाणमा विद्युत किन्नु परेको छ, जसले गर्दा देश ठूलो आर्थिक घाटातर्फ गैरहेको छ । नेपालका अधिकांश जिल्लाहरूमा मोटरबाटो पुगेको भएता पनि सुचारु रूपले सञ्चालन हुन सकिरहेका छैनन् । सबैजसो मोटरबाटो हिउँदे बाटोको रूपमा रहेका छन् । ट्रयाक खोल्ने तर त्यसको उचित व्यवस्थापन र सुधार नभएको हुँदा जनताले सास्ती खेप्नु परेको छ । बाटो बनेता पनि धेरै ठाउँमा हिँडेरै जनता जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता अझै विद्यमान छ । सामान ओसारपसारका लागि खच्चर, चौँरी, भेडाको प्रयोग अझै पनि छ । नेपालको तराईको तुलनामा पहाडी र हिमाली भेगका जनताले यातायातको सास्ती बढी खेप्नु परेको छ । ग्रामिण भेगको तुलनामा शहरी भेगमा खानेपानीको सुविधा टड्कारो रूपमा समस्या बनेको छ । विभिन्न संस्थाहरू मार्फत् कमिसन र पैसाको खेती गरेता पनि समयमा खानेपानीको प्रोजेक्ट कहिल्यै सम्पन्न हुन सकेका छैनन् । सरकारी कर्मचारीको कामप्रति कम रुचि, राजनीतिक दलहरूको सञ्जाल र स्थानीय जनताको मागहरूको पूर्ति गर्न नसकेकाले  खानेपानी जताततै सहज रूपमा उपलब्ध गराउन सरकार असमर्थ  छ । ग्रामिण भेगमा धेरै टाढासम्म हिँडेर पानी ल्याउनु पर्ने बाध्यता छ, जसले गर्दा जनताको जिविकोपार्जन गाह्रो बनेको छ । सूचना र सञ्चारको क्षेत्रमा केही प्रगति भएको भएता पनि अझै जनता भरपर्दाे सेवा लिनबाट बञ्चित छन् । खासगरी ग्रामिण भेगमा प्राविधिक समस्याहरू छन् । इन्टरनेट सेवा ग्रामिण भेगमा सहजै उपलब्ध हुन सकेको छैन । यसले गर्दा संसारका घटना थाहा पाउने माध्यम रेडियो बनेको छ, जसमा सुन्न मात्रै पाइन्छ । मानिसले गर्ने धेरै कामहरू विकसित देशहरूमा रोबोटको माध्यमबाट गरिन्छ । यस क्षेत्रमा नेपाल अत्यन्तै पछाडि छ । मेसिनरी साधनको उत्पादन, वितरण र विकासमा नेपाल तल्लो लेबलमा छ । गाडी र जहाजको पुर्जा बनाउने त कल्पना नै भो । पुर्जामा खराबी आयो भने पनि विदेशबाट प्राविधिक बोलाउनु पर्छ ।
दक्ष इन्जिनियर उत्पादनको हिसाबले नेपाल अरू देशको तुलनामा कमजोर देखिन्छ । स्तरीय टेक्नोलोजी उपयोग गर्न अन्तर्राष्ट्रिय वजारमा नेपाली इन्जिनियर असमर्थ छन् । त्यसको मूल कारण नेपालमा अध्यापन गरिने शिक्षा अरू देशको तुलनामा कम गुण स्तर हुनु हो । तल्लो तहदेखि नै यो समस्या जगजाहेर छ । सरकारी इन्जिनियरिङ अध्ययन संस्थानमा अध्यापन गराउने प्राध्यापकहरू अधिक पैसा कमाउने धन्दामा लागेका छन् । सरकारी क्याम्पसमा हाजिरी लागे निजी क्याम्पसमा पढाउन जाने, त्रिविको नियम विपरीत निजी कलेज  खोली त्यहाँ क्याम्पस प्रमुख बनेर काम गर्ने, जसले गर्दा पूरा समय निजी क्याम्पसमा दिने र सरकारी क्याम्पस धरासयी बनाउने र अन्ततः निजीकरण र व्यापारीकरणलाई प्रश्रय दिने षडयन्त्र अनुरूप नै काम भैरहेको छ भन्न सकिन्छ र त्रिविको सम्बन्धन नियम विपरीत सञ्चालित धेरैजसो निजी क्याम्पसहरूमा विद्यार्थी पास प्रतिशत आज २० प्रतिशत पनि छैन । यसबाट यो कुरा प्रस्ट हुन्छ कि त्रिवि शैक्षिक व्यापारीकरणको दिशामा अगाडि बढेको छ । वर्षमा करिब २००० जना इन्जिनियरहरू उत्पादन हुन्छन् नेपालमा तर तिनीहरूको कुनै मापदण्ड र गुण स्तर परीक्षण विनै शक्ति र श्रोतको भरमा विभिन्न निर्माण कम्पनीमा आवद्ध हुन्छन् र कम्पनीले ठेक्का लिई निर्माण पूरा गरेको केही समयमा नै भौतिक संरचनाले दुनिया रुवाइदिन्छ र हसाइदिन्छ पनि । संरचनाको उपयोग अवधि अगावै उपयोगमुक्त भएर जनतालाई सास्ती हुँदा पनि सम्बन्धित निकाय मौन रहन्छन् । यसको अर्थ पैसाले मुखमा बुजो निर्माण अगाडि नै लगाइएका हुन्छन् ठेकेदारहरू ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कमिसनखोरहरू विभिन्न बहानामा विभिन्न संस्था मार्फत् नेपालको विकासमा सहयोग दिने तथा दिएको प्रपञ्च  गरिरहेका छन्, जुन गणितीय हिसाबले हेर्दा उल्टो देखिन्छ । ठूला ठूला निर्माण कम्पनी स्थापना गरी नेपालमा वैदेशिक लगानी गर्ने र समृद्ध  नेपाल बनाउने धमिलो आशामा नेपालको शासक वर्ग फसेको छ । कुनै वैदेशिक दाताले नेपाललाई सहयोग १०० प्रतिशत गरेको छैन,  किनकि जनशक्ति उनकै देशका ल्याउँछन् । निर्माण सामग्री उनैको देशबाट, अनि नेपालमा कुनै पनि प्रोजेक्ट सम्पन्न भएर त्यो प्रोजेक्टको  लगानी नहुञ्जेल उनीहरू आफै सञ्चालन गर्छन्, जुन निर्धा नेपाली जनताले पैसा तिरेर उपयोग गर्नु पर्दछ । यो त उनीहरूले उनीहरूको देशमा जनशक्तिलाई जागिर र आर्थिक आम्दानीको बाटो बढाउने ठाउँ कम होला भनेर हाम्रो देशमा आएर रोजगार पनि, आर्थिक उन्नति पनि गरे जस्तो भैगो नि । यस्ता कुरामा नेपाली शासक वर्गको  कुनै चासो छैन । बैदेशिक ऋण र सहयोगको बहानामा अन्धकारमा फसेको पत्तो नै नभएको पनि होइन तर शासक वर्गको कालो धन कमाउने र जनता लुट्ने, आफ्नो सन्ततिलाई अकुत सम्पति आर्जन गरिदिने र देश भड्खारोमा परेमा आपूm विदेश पलायन हुने योजना अनुरूप नै यस्ता सम्झौता हुने गरेका छन्, जुन अत्यन्तै घृणित र तल्लो स्तरको काम हा । नेपालमा सारा इन्जिनियरिङ जगतको  विकास चुनौतीको रूपमा देखा परेको छ । यसका विरुद्ध सङ्घर्ष आवश्यक छ ।
देशको अर्धसामन्ती र अर्धऔपनिवेशिक शासन व्यवस्थाले गर्दा राजनीतिक स्थायित्व र राष्ट्रिय स्वामित्व नेपाली जनताको हातमा आउन नसकेको अवस्थामा देशको विकास अत्यन्तै सुस्त गतिमा भैरहेको छ । सामाजिक चेतनाको विकास, जनताको राष्ट्र र समाजप्रतिको उत्तरदायित्व वहन गराउने निकाय अत्यन्तै हल्का भएपछि जनता गरिबीको अवस्थामा आफ्नो जीविकोपार्जन गरिरहेका  छन् । नेपालमा त्यही हो कारण, जसले गर्दा भौतिक उन्नतिको स्तरमा अत्यन्तै पछाडि छ । देश लुट्ने माफियाहरूको शक्ति केन्द्रहरूमा वर्चश्व कायम भएको अवस्थामा विकास, उन्नति, समृद्धि नेपाली जनताका लागि आकासको फल आँखा तरी मर भने जस्तै भएको छ । त्यसैले इँटको जवाफ पत्थरले दिन नेपाली जनता तयार हुनु पर्दछ । नेपालमा उत्पादित जनशक्ति नेपालमै नेपालकै निम्ति लगाउँ । युवा बेरोजगार र दक्ष जनशक्ति पलायनमा रोक लगाउँ ।

No comments:

Post a Comment