चुडामणि शर्मा, शान्तराज सुवेदी र हरि बस्याल एक समय निकै चर्चामा थिए । शर्माले
लोक सेवा परीक्षामा एकैपटकमा सात ठाउँबाट नाम निकाल्दा उनका साथी सुवेदी र
बस्यालले पाँच–पाँच ठाउँबाट नाम निकाले । विद्यार्थीका लागि उनीहरू
'आइडियल' नै थिए । २०५८ सालतिर यी तीन आइडियललाई लोक सेवामा रुचि
राख्नेहरूले टाइटल दिएका थिए– लोक सेवा वर्ष पुरुषहरू ।
गृह मन्त्रालयका सहसचिव चुडामणि
शर्माका लागि दिइएको यो टाइटल निक्कै फाप्यो । लोक सेवामा उनले पुर्याएको
योगदान र सफलताले यो पुष्टि गरिसकेको छ । जुन परीक्षा दियो त्यसमै नाम
निस्किन्थ्यो । उनी सधैं उत्तीर्णको टप लिस्टमा पर्थे । सुवेदी अहिले अर्थ