Scroling


सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु।

menubar

Sunday, December 9, 2018

पुस्तकालय प्रकाशन Library Publication)

पुस्तकालय प्रकाशन Library Publication)
आफ्नो पुस्तकालयको सङकलन सेवा सम्वन्धी जानकारी गराउन ,बढि भन्दा बढि पाठकहरुलाई पुस्तकालय तर्फ आर्कषण गराउन, तथा आफ्नो प्रचार प्रसार गर्न पुस्तकालयले विभिन्न थरिका प्रकाशन गर्ने गर्दछन् । ती मध्ये निम्नलिखित प्रकाशनहरु हुन्।
पुस्तकालय परिचय पुस्तिका (Library Brochure)
पुस्तकालय वार्षिक प्रतिवेदन (Library Annual Report)
सामयिक सचेतना प्रकाशन (Current Awareness Publication)
इन्टरनेट प्रकाशन (Internet Publication)
स्मारिका वा विशेषाङ्क प्रकाशन (Souvenir Publication) वा
पुस्तकालय तथ्याङ्क ( Library Statistics)
क) पुस्तकालय परिचय पुस्तिका(Library Brochure) ः
विभिन्न संघ संस्थाले झै कतिपय पुस्तकालयहरुले ब्रोसर प्रकाशन गरी आगन्तुकहरुलाई एवं पुस्तकालय सदस्यहरुलाई निशुल्क वितरण गर्दछन। यस्ता ब्रोसरहरुमा खासगरी पुस्तकालयको परिचय, उद्देश्य,कार्य, संकलन, प्रदान गरिने सेवा,सुविधा र भवनको फोटो सहित त्यस पुस्तकालयसम्म पुग्ने मार्ग रेखाचित्र र सम्पर्क ठेगाना आदि उल्लेख गरिएको हुन्छ। यस्तो ब्रोसर A4 नापको कागजलाई चौडाइ पट्टीबाट तिन भागमा बाडिने गरी पट्याएर तयार गरिएको हुन्छ। पेपरको एक तिहाइ अग्र भागको रुपमा  हामी तिर देखिन्छ जहाँ पुस्तकालय भवनको फोटो राखिन्छ।
ख) वार्षिक प्रतिवेदन (Library Annual Report):
प्रत्येक पर्ष प्रकाशन गरिने भएकाले वार्षिक प्रतिवेदन भनिएको हो। पुस्तकालयको विगत वर्ष भएगरेका कार्यहरु तथ्याङ्कगत रुपमा प्रस्तुत गरी पुस्तकलय समिति, माथिल्ला निकायहरु एवं दातृसंस्थाहरुलाई वितरण गर्न यो वार्षिक प्रतिवेदन प्रकाशन गरिन्छ। प्रतिवेदनको स्वरुप पुस्तकालयको कार्यक्षेत्र,स्रोत,र आकारमा भरपर्ने भएतापनि सामान्यतय ५० पृष्ठ भन्दा सानो आकारको बनाउने प्रचलन छ । प्रतिवेदनमा समावेश गरिने विवरणहरु मुख्यतः निम्नानुसार हुन्छन् ।
कर्मचारी सम्वन्धी नयाँ भर्ना, अवकाश आदि।
पुस्तकालय व्यवस्थापन कार्यसमिति सदस्य परिवर्तन,वा पुर्नगठन आदि।
पुस्तकहरु सम्वन्धी (नयाँ खरिद, उपहारबाट प्राप्त, इस्यूभएका, फिर्ता भएका, हराएका, बाइन्डिङ् भएका वा गरिएका आदि।)
पठकहरु सम्वन्धी ( आगन्तुक संख्या,नयाँ सदस्य संख्या, नविकरण संख्या, र छाडेका संख्या आदि।)
तालिम सम्वन्धी (सम्पन्न गरेका तालिमहरु,अरु तालिममा भाग लिएका विवरण्हरु आदि)
प्राविधिक र हरेक शाखाको कार्य सम्वन्धी ( पुस्तक क्लासिफीकेशन भएको संख्या,क्याटलगिङ् भएको संख्या, आदि)
आम्दानी सम्वन्धी (सदस्यता शुल्कबाट, अनुदानबाट, विलम्ब शुल्कवाट, धरौटीबाट आदि।)
ग) सामयिक सचेतना प्रकाशन (Current Awareness Publication):
पुस्तकालयले प्रकाशन गर्ने यस्ता सचेतना बुलेटिन सूचना र सम्पादित कार्यको भर अनुसार कम्तीमा चार पृष्ठ देखि चालीस पृष्ठ सम्मको हुन्छ । प्राय ः ६ महिनामा एक पटक वा वर्षदिनमा एकपटक निस्कने या बुलेटिन प्रकाशनको मुख्य उद्देश्यहरुमा ः
पुस्तकालयमा प्राप्त नयाँ पाठ्य सामाग्री एवं सूचना स्रोतबारे जानकारी गराउनु ।
पुस्तकालयमा सम्पन्न गतिविधि र कार्यक्रमहरु (प्रवचन, प्रर्दशनी, कार्यशाला  आदि)को जानकारी गराउनु।
संभव भएसम्म भविष्यमा हुने कार्यक्रमहरुको उल्लेख गर्नु।
पुस्तकालयमा प्राप्त नयाँ पुस्तकहरुबारे समीक्षा (Library Review) गर्नु। सारंशमा भन्ने हो भने पुस्तकालय र यस सम्वन्धी विविध गतिविधिहरुकोवारे पाठकहरुलाई जानकारी गराउनु हो।
घ) ईन्टरनेट प्रकाशन (Internet Publication):
इन्टरनेटमा वेवसाइट वनाएर आआफ्नो संस्थावारे जानकारी प्रस्तुत गरी प्रचार प्रसार गराउनु र व्यापार वृद्धि गर्नु आजभोलि विश्वव्यापी प्रचलन भएको छ। ब्रोसर आदि परंपरागत कागजका प्रकाशन भन्दा यो इन्टरनेट प्रकाशन छिटो, राम्रो ,अद्यावधिक र प्रभावकारी माध्यम हो। तसर्थ हरेक नाफामुखी संस्था होस या सेवामुखी संस्था, सवैले इन्टरनेटमा आ आफ्नो अलग्गै अस्तित्व बनाएर कार्यक्रम, सेवा आदिवारे जानकारी प्रकाशन गर्ने गरेका छन।

स्मारिका वा विशेषाङ्क प्रकाशन (Souvenir Publication) र
पुस्तकालय तथ्याङ्क (Library Statistics) :

तथ्य र अंक बरावर तथ्याङ्क अथवा कुनै पनि संघ संस्थामा भएका गतिविधि,कार्यहरुको वस्तुगत विवरण अंकको हिसावले गणना गरी तालिका, रेखाचित्र आदिको स्वरुपमा प्रस्तुत गरिएको सूचनालाइ नै तथ्याङ्क भनिन्छ। पुस्तकालयको उद्देश्य अनुसारका लक्ष्यहरु के कति हिसावमा प्राप्त भयो सो कुरा स्पष्टरुपले देखाउन पुस्तकालय तथ्याङ्ले ठुलो महत्व राख्दछ । अझै भन्ने हो भने तथ्याङ्क कुनै पनि प्रतिवेदनको अभिन्न अंग मानिन्छ। पुस्तकालयले तथ्याङ्मा निम्नलिखित कुराहरुको समावेश गर्नुपर्छ। सारंशमा भन्ने हो भने तथ्याङ्कलाई  Fact in Figures भनिन्छ।
पुस्तकालयमा तथ्याङ्क तयार गर्नुपर्ने शाखाहरुः
क) प्राप्ती शाखा
खरिदद्धारा प्राप्त भएका पुस्तकहरुको संख्या (पुस्तक,जर्नल,सीडिहरु, श्रव्य दृष्यका सामाग्रीहरु आदिको तथ्याङ्क)
उपहारवट प्राप्त पुस्तक संख्या
सदस्यतावापत वा सट्टापट्टा मार्फत प्राप्त पुस्तक संख्या
ख) आदान प्रदान शाखा
ईस्यु भएका जम्मा पुस्तक संख्या (विषयगत रुपमा)
फिर्ता आएका पुस्तक संख्या
फिर्ता नआएका वा फिर्ता हुन वाँकी पुस्तक संख्या
ग) प्राविधिक शाखा 
जम्मा प्राप्त पुस्तक संख्या
वर्गिकरण भएको पुस्तक संख्या
सूचिकरण भएको पुस्तक संख्या
घ) रेफ्रेन्स शाखा
पठकका प्रकारका हिसावले
पाठ्यपुस्तक तथा रेफ्रेन्स पुस्तक उपलव्धताका हिसावले
ङ) पत्रपत्रिका शाखा
प्राप्तीका हिसावले ःदैनिक,साप्ताहिक,पाक्षीक,मासिक(मासिक,वार्षिक चार्ट)
अप्राप्तीका हिसावले ःदैनिक,साप्ताहिक,पाक्षीक,मासिक(मासिक,वार्षिक चार्ट)
प्रकारका हिसावले ः दैनिक,साप्ताहिक, पाक्षीक, मासिक(मासिक,वार्षिक चार्ट)




Friday, October 5, 2018

E- resources with full Text with Download methods



Full Text Book  Free download method











This is to notify all our Library users ( students, Staffs, and Teachers, Faculties and Researchers members) who are intrested to use the E-resource /e-Journal/e-book ,articles (full text in PDF download of all subject) , can use from these materials. So, every users can go through following steps.-

1.     Firstly, you have go to the following link
2. Secondly, you can see on the left side of the web page and choose any one or click under the download  Book/ Journal/ Article/Thesis:
3. Example: here you may choose Book download Library Genesis
you can see and will open Library Genesis under the search on word /Phrase  for the Book/ Journal/ Article
when your required information displayed after you search then see the right side of  your document file like (1)(2)(3)(4) , etc Here are separate option of view or download  your  PDF file with details.


4. Other also same as from different web pages.

5. If you want to downoad your required Journals link copied after serarch of google scholar then paste here and click for  "Download"

Saturday, March 31, 2018

आर्थिक व्यवस्थापन तथा संचयकोषसम्बन्धी नियम, २०५० लाई संशोधन मिति २०७३ असार २६ गते


आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम, २०५०

त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा संचयकोषसम्बन्धी नियम, २०५० लाई संशोधन गर्न बनेको प्रस्ताबलाई मिति २०७३ असार २६ गते बसेको बैठकले अनुमोदन गरेको खबर प्राप्त भएको
संशोधनको मूख्य विशेषता देहाय बमोजिम रहेको
) नाममा संशोधन
त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा संचयकोषसम्बन्धी नियम, २०५०लाई संशोधन गरीत्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम, २०५०राखिएको
) सार्वजनिक खरीद ऐन बनिसकेपछि विश्वविद्यालयले सो बमोजिम आफ्नो नियम संशोधन गर्नुपर्ने भएकोले सो बमोजिम सार्वजनिक खरिद ऐन सार्वजनिक खरदि नियमावलीका प्रावधान मिलाइएको
) लागत अनुमान बोलपत्रको स्वीकृति देहायका पदाधिकारीले गर्नसक्ने
(
) पच्चीस हजार रुपैयांदेखि एक करोड रुपैयांसम्मको सम्वन्धित सङ्गठन वा निकाय प्रमुख/ कार्यसमितिवाट
(
) तीन करोड रुपैयां सम्मको अध्ययन संस्थानको डीन/कार्यान्वयन समितिवाट
(
) चार करोड रुपैयांसम्मको रजिष्ट्रारवाट
(
) पांच करोड रुपैयांसम्मको उपकुलपतिवाट
(
) पांच करोड रुपैयां भन्दा जतिसुकै बढी रकमको कार्यकारी परिषदबाट
() परामर्श सेवाको लागत अनुमान देहायको अधिकारीबाट स्वीकृत हुनु पर्नेछ
(
) तीन लाख रुपैयांसम्मको लागत अनुमान सम्वन्धित सङ्गठन वा निकाय प्रमुखबाट,
(
) पांच लाख रुपैयांसम्मको लागत अनुमान डीनबाट,
(
) दश लाख रुपैयांसम्मको लागत अनुमान रजिष्ट्रारवाट,
(
) दश लाख रुपैयां भन्दा जतिसुकै बढी रकमको लागत अनुमान उपकुलपतिबाट
) छुट्टै खरिद महाशाखा वा शाखा वा उपशाखाको स्थापना
विश्वविद्यालयको केन्द्रीय कार्यालय यस अन्तर्गतका सङ्गठन वा निकायले देहायको काम गर्नको लागि खरीद सम्बन्धी कार्यबोझ कार्य प्रकृतिको आधारमा छुट्टै खरिद महाशाखा वा शाखा वा उपशाखाको स्थापना गर्नु पर्ने वा कुनै शाखालाई सोको जिम्मेवारी तोकी खरिद अधिकारी तोक्नु पर्नेछ
) खरिद विधि
(
) मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिद गर्नु पर्दा
(
) अन्तर्राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान गरी,
(
) राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान गरी,
(
) सिलबन्दी दरभाउपत्र आह्वान गरी,
(
) सोझै खरिद गरी,
(
) अमानतबाट,
(
) एकमुष्ट दर विधिबाट,
(
) उत्पादक वा अधिकृत विक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिंग) खरीद गर्ने विधिबाट,
(
) सिमित बोलपत्रदाताले भाग लिने (लिमिटेड टेन्डरिङ) खरीद विधिबाट,
(
) नयां लिने पुरानो दिने (बाई ब्याक मेथड) खरीद विधिबाट,
) परामर्श सेवा सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने अधिकारी
(
) तीन लाख रुपैयासममको सङ्गठन वा निकाय प्रमुख÷ कार्य समिति
(
) दश लाख रुपैया सम्मको अध्ययन संस्थानको डीन÷ कार्यान्वयन समिति
(
) बीस लाख रुपैयासम्मको रजिष्ट्रार
(
) पचास लाख रुपैयासम्मको उपकुलपति
(
) पचास लाख रुपैयाभन्दा माथि कार्यकारी परिषद
) सोझै खरिद गर्न सकिने
(
) पांच लाख रुपैयांसम्म लागत अनुमान भएको निर्माण कार्य,
(
) तीन लाख रुपैयांसम्म लागत अनुमान भएको मालसामान वा परामर्श सेवा
) लिलाम गर्ने व्यवस्था
मालसामानको परल मूल्य खुलेकोमा तीन लाख रूपैया सम्मको परल मूल्य नखुलेको भए हाल मूल्याङ्कन भएको मूल्यमा एक लाख रूपैयासम्म वा दुबै गरेर चार लाख रूपैयासम्मका मालसामान कार्यालय प्रमुखले एक वर्षभित्र लिलाम बिक्री गर्नु पर्नेछ
) पुस्तकको लिलाम तथा हस्तान्तरण सम्बन्धी व्यवस्था () हरेक पुस्तकालयले आर्थिक बर्ष अन्त भएको एक महिनाभित्र देहाय बमोजिमको पुस्तकहरु छु्ट्टाछुट्टै राख्नुपर्नेछ
(
) वाइण्डिङ गरी वा मर्मत गरी पुन प्रयोग हुने पुस्तकहरु तीन महिनाभित्र मर्मत गरी प्रयोग गर्नु पर्नेछ
(
) पुन प्रयोग नहुने झुत्रा पुस्तकहरु पुस्तकालय विकास समिति वा पुस्तकालय व्यवस्थापन तथा विकास समितिको सिफारिसमा लगत कट्टा गरी झुत्रा कागजको रुपमा लिलाम विक्रि गर्नुपर्दछ
(
) प्रयोग नहुने पुस्तकहरु पुस्तकालय व्यवस्थापन तथा विकास समितिको सिफारिसमा हस्तान्तरण गर्न सकिनेछ
१०) प्रोत्साहन भत्ताको व्यवस्था
विश्वविद्यालयको कुनै निकायमा काम गर्ने पदाधिकारी, शिक्षक तथा कर्मचारीलाई प्रदान गरिने प्रोत्साहन भत्ता त्यसको आधार कार्यकारी परिषदले तोके बमोजिम हुनेछ यसरी प्रोत्साहन भत्ता पाउने पदाधिकारी, शिक्षक तथा कर्मचारीले अतिरिक्त समय काम गरेको भत्ता पाउने छैनन्
११) भ्रमण खर्च पाउने पदाधिकारी, शिक्षक वा कर्मचारीको वर्गीकरण
(
) उपकुलपति, सेवा आयोगका अध्यक्ष, सदस्य, शिक्षाध्यक्ष रजिष्ट्रारअतिविशिष्ट तह
(
) डीन, कार्यकारी निर्देशक, प्राध्यापक वा सो सरह, अधिकृत विशिष्ट श्रेणी वा सो भन्दा माथिल्लो पदमा बहाल रहेका अन्य पदाधिकारीविशिष्ट तह
(
) सहप्राध्यापक, अधिकृत प्रथम श्रेणी वा सो सरहका कर्मचारीप्रथम तह
(
) उप प्राध्यापक, अधिकृत द्वितीय श्रेणी तृतीय श्रेणी वा सो सरहका कर्मचारीद्वितीय तह
(
) सहायक प्रथम,द्दित्तीय,तृतीय श्रेणी वा सो सरहका कर्मचारीतृतीय तह
(
) सवारी चालक, सहायक पाचौं श्रेणी तथा श्रेणी विहीन कर्मचारीचतुर्थ तह
शिक्षक कर्मचारीले भ्रमण गर्दा कार्यकारी परिषदले तोके बमोजिम भत्ता पाउनेछन्
१२) विद्युतीय संचार माध्यमको प्रयोग गर्ने कुरा नियममा नै व्यवस्था गरिएको
१३) अनिवार्य रूपमा कोष कट्टी गर्ने बाहेकका सञ्चयकोष सम्बन्धी अन्य व्यवस्था हटाइएको Top of Form